तनहूँ । व्यास नगरपालिका वडा नंं १२ छाब्दी सुमलटारी निवासी मृगौला पिडित चित्र बहादुर आलेले सहयोगको लागि अपिल गर्नुभएको छ । मृर्गौलामा समस्या देखिएपछि विगत ७ बर्षदेखि पोखराका विभिन्न अस्पताल र हाल दमौली अस्पतालबाट हप्ताको २ पटक डाईलसिस गरिरहनुभएका आलेले आर्थिक अवस्था कमजोर भएको कारण उपचार गर्न नसकेकोले उपचारको लागि अपिल गर्नुभएको हो । हप्ताको २ पटक डायलासिस गर्दा आलेको स्वास्थ अवस्थामा केहि सुधार आएपनि क्रमिक रुपमा उपचार गर्नुपर्ने हुदा आर्थिक अवस्था निकै कमजोर भएको हुदा सहयोगी मनहरुलाई खुलेर सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको छ । उहाँलाई कसैले सहयोग गर्न चाहनुहुन्छ भने ईन्द्र कडेंल, किरन आले मगर, गोविन्द मगर, दिनेश रानाभाट, दिनेश आईडु र प्रेम थापालाई सम्पर्क गर्न सक्नुहुनेछ ।
चित्र बहादुर आलेलाई आर्थिक सहयोग गरि उहाँको रक्षा गर्न चाहने महानुभावहरुले ईन्द्र कडेंलको मोवाईल नम्बर ९८१९११३९६७ र किरन आले मगरको मोवाईल नम्बर ९८०४१८७८३३ मा सम्पर्क गर्न पनि शुभाष पन्थले आग्रह गर्नुभएको छ ।









