मृर्गौला रोगीलाई जापानबाट रोशन सापकोटाको ८६ हजार सहयोग

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडानं. १० परेवा डाँडा घर भई हाल जापानमा बसोवास गर्दै आउनुभएका रोशन सापकोटाले व्यास १० कै दुवै मृर्गौला खराब भएका एक व्यक्तिलाई ८६ हजार रुपैया सहयोग गर्नुभएको छ । व्यास १० का यमप्रसाद सापकोटाको आग्रहमा रोशनले व्यास १० का दुवै मृर्गौला खराब भएका गणेश दरैलाई सहयोग गर्न जापानमा विभिन्न व्यक्तिहरुसग उक्त रकम संकलन गरि नेपाल पठाउनुभएको थियो । रोशनले पठाएको रकम उहाँका बुबा समाजसेवी दयाराम सापकोटा र आमा देवकी सापकोटाले सम्युक्त रुपमा मृर्गौला रोगी गणेश दरैलाई हस्तान्तरण गर्नुभएको छ ।

”अध्ययन र रोजगारीको सिलसिलामा जापानमा भएपनि आफ्नो गाउँबस्तिका मानिसहरुलाई सहयोग गर्न पाउदा खुशी लागेको ” जापानबाट रोशन सापकोटाले बताएको रकम हस्तान्तरणमा सहजिकरण गर्ने यामप्रसाद सापकोटाले बताउनुभएको छ ।
उक्त अवसरमा मृर्गौला रोगी गणेश दरैले ”यसरी सहयोग रकम आउदा आफुलाई उपचारमा सहयोग पुगेको र सहयोगीहरुलाई धन्यवाद दिनुभएको” यामप्रसाद सापकोटाले बताउनुभएको छ ।

(रोशन सापकोटा)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?