चुनावी वाचा पुरा गर्ने अभियानमा आँबुखैरेनीका अध्यक्ष शुक्र चुमान

  • ख-
  • ख+

तनहूँ । तनहूँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान चुनावी वाचा पुरा गर्ने अभियानमा अगाडि बढ्नुभएको छ । चुनावमा जादाँ बैंक वित्तिय संस्थासँग समन्वय गरेर टोल टोलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछौ भन्ने बाचा बमोजम उहाँको निर्देशनमा गाउँपालिकाले सोमबार र मंगलवार टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिकाले अध्यक्ष चुमानको उपस्थितिमा असार २ गते सोमवार वडा नं. ५ को लाब्दि भटिश्वरा गाउँबाट सामाजिक सुरक्षा भत्ता वितरण अभियान शुरु गरेको थियो भने असार ३ गते मंगलवारका दिन पनि गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल , वडा अध्यक्ष प्रेम बहादुर गुरुङ , वडाका पदाधिकारी , लगायत पन्जिकरण शाखाकी कर्मचारीअस्मिता अधिकारी र अमृत थापाको उपस्थितमा वडा नं. १ स्थित समूह भवनमा भत्ता वितरण गरिएको हो ।
नवनिर्वाचित जनप्रतिनिधिले ल्याएको आर्थिक वर्ष २०७९।०८० को वार्षिक निति, कार्यक्रम तथा बजेटमा पनि सो कुरा समेटिएको थियो। सोहि बमोजिम यतिबेला गाउँपालिकाले आर्थिक वर्ष २०७८।०७९ को वैशाख देखि असारसम्मको वितरण गर्न बाँकी सामाजिक सुरक्षा भत्ता टोल–टोलमा पुगेर वितरण गर्न सुरु गरेको हो।
चुनावमा जनता सामु गरेका वाचा पुरा गर्दै टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभएको छ साथै सामाजिक सुरक्षा भत्ता टोल–टोलमै पुगेर वितरण गर्नका लागि बैंकलाई आवश्यक सुरक्षाको प्रबन्ध, यातायात र भोलिन्टियरको समेत गाउँपालिकाले व्यवस्था गरेको अध्यक्ष चुमानले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?