तनहूँ । भानु नगरपालिका वडा नं. १० चोककोट स्थायी ठेगाना भई काठमाण्डौँ धापासी निवासी हाल मकाउमा कार्यरत किशोर प्रकाश गुरुङ्ग र उहाँकी श्रीमती ज्ञान कुमारी गुरुङ्गले भानु नगरपालिका वडा नंं १२ को श्री विद्या निकुञ्ज माध्यमिक विद्यालयलाई १ लाख ६ सय रुपैया आर्थिक सहयोग गर्नुभएको छ । गुरुङ्ग दम्पत्तिले आफ्नो बुबा तथा ससुरा स्वर्गिय नारायणसिङ गुरुङ्ग तथा आमा तथा सासु स्वर्गिय हिरादेवि गुरुङ्गको स्मृतिमा विद्यालयलाई सहयोग गर्नुभएको हो ।
”आफुले अध्ययन गरेको बिद्यालयलाई केहि गरौ भन्ने भावना र माया जागृत भएर आर्थिक सहयोग गरेको” किशोर प्रकाश गुरुङ्गको भनाई रहेको छ ।
”२०४६ सालर्को एस एल् सि. व्याजको पूर्व विद्यार्थीबाट हालसम्मकै धेरै रकम १ लाख ६ सय सहयोग पाउँदा बिद्यालय परिवार हर्षित भएको ” विद्यालयको भनाई रहेको छ ।
गुरुङ्ग दम्पत्तिले उक्त रकम विद्यालयमा खानेपानी समस्या सामाधान तथा गरिव एवं असहाय बालबालिकालाई शैक्षिक सामाग्री खरिद गर्नको लागि सहयोग गर्नुभएको बताईएको छ ।
पुर्व विद्यार्थीमा विद्यालयप्रतिको मायाले पुर्व विद्यार्थी किशोर प्रकाश गुरुङ्गले विद्यालय सुधार गर्नको लागि हालसम्म कै सबैभन्दा बढि १ लाख ६ सय रुपैया विद्यार्थी कोषमा जम्मा गरि दिनु भएकोमा स्थानिय , पूर्व बिद्यार्थीहरु तथा विद्यालय परिवार खुशी भएको बताईएको छ ।









