तनहूँ कांग्रेसमा तेश्रो धारको जन्मः हाम्रो त्याग, बलिदानी र पैसा चल्ने हामी नचल्ने ?

  • ख-
  • ख+

केहिदिन अगाडि म्याग्दे गाउँपालिकामा रहेको अकला हाईवे रेष्टुरेण्टको भेलामा जम्मा भएका मान्छेहरुको मुहार देख्दा कांग्रेसले बाहिर कम्प गएको भाव व्यक्त नगरेपनि तनहूँ कांग्रेसमा र बोहोराटार दरवारभित्र उक्त भेलाले भुकम्पका ठुला ठुला पराकम्पहरु श्रृजना गरिरहेका छन् ।

तनहूँ / केहिदिन अगाडि म्याग्दे गाउँपालिकामा रहेको अकला हाईवे रेष्टुरेण्टमा केहि कांग्रेस त्याग गर्नुभएका , केहि कांग्रेसले कारवाही गर्न लागेका, केहि कांग्रेसले स्थानिय निकायमा टिकट नदिईएका, कोहि कांग्रेसबाट टिकट नपाएपछि बिद्रोह गरेर विजयी भएका, पराजित भएका र केहि शुभचिन्तकहरुको भेला बस्यो । उक्त भेलामा जम्मा भएका मान्छेहरुको मुहार देख्दा कांग्रेसले बाहिर कम्प गएको भाव व्यक्त नगरेपनि तनहूँ कांग्रेसमा र बोहोराटार दरवारभित्र उक्त भेलाको भुकम्पका ठुला ठुला पराकम्पहरु श्रृजना गरिरहेका छन् । ।

उक्त भेलाका मान्छेहरुको मुहार देख्दा बाहिर कम्प गएको भाव त व्यक्त गरिएको छैन तर तनहूँ कांग्रेस र बोहोराटार दरवारभित्र भुकम्पका ठुलै पराकम्पहरु गईरहेका छन् । उक्त भेलाको जमघट देखेर ‘‘यसो बसौ न त छलफल गरौ तपाई पनि हामी जस्तै कांग्रेसको भलो चाहने हो क्यारे” भनेर निम्ता पाउदा पनि दासत्व त्याग्न नसकेर जान नसकेकाहरु चुक्चुकाएको खबर पनि बाहिरिएको छ भने त्योभन्दा बढि त्यो दिनमा NTC नम्बर भएको मोवाईल फोनका सेटहरु बिजी भएको खबर पनि बाहिरिएको छ । भेलामा सहभागी अधिकांशलाई तनहूँका भारेटाकुरे नेताहरुले आफ्नो हैसियत अनुसार फोन गरेर ” के गर्नुभएको तपाईले ? पौडेल कांग्रेस र जोशी कांग्रेस भएर जिल्लामा रडाको भईरहेको बेलामा अब फेरि तेश्रो धार ? राजनीतिमा यस्तै त हो नि अब केहि समयपछि त तपाईको पालो आईहाल्थ्यो नि, हामी छैनौ र ? हजुर जस्तो सम्भावना भएको मान्छे त्यो …ले डाकेको भेलामा जान नहुने, त्यो भेलामा तपाईलाई डाँकेर डामि हाले नि, त्यस्ले हजुरलाई पछिसम्म असर गर्छ, प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मुखमा आएर यसो गर्न ठिक हुन्न है हजुर, हजुरलाई कहाँ के गर्ने हामी मिलाउछौ अझै केहि बिग्रेको छैन विज्ञप्ति निकाल्नुस् … ” लगायतका अनेक आश्वासन रातभर भेलामा उपस्थित धेरैलाई बाँडियो ।

यसो सर्सर्ती हेर्दा १५, १६ जनाको भेटघाट, नाम चलेको रेष्टुरेण्टमा यसो मटन चिकेनको स्वाद लिन जम्मा भएको सोचिएको भेलाले रिसिगंदेखि, व्याससम्म बन्दिपुरदेखि शुक्लासम्मको असन्तुष्टिलाई गोलवन्द गरेको पाईएको छ । भेलामा संविधानसभाका सदस्य झुलबहादुर आले, नेपाली कांग्रेसका निवर्तमान् सचिव विश्व बास्तोला, स्थानिय निर्वाचनमा नेपाली कांग्रेसबाट बन्दिपुरमा बिद्रोह गर्नुभएका तर पछि उमेदवारी फिर्ता लिन बाध्य पारिनुभएका मानकाजी श्रेष्ठ, स्थानिय निर्वाचनमा शुक्लागण्डकीका मेयरका विद्रोही उमेदवार तथा नेपाली कांग्रेसका नेता महेश्वर भट्टराई , रिसिगंमा स्थानिय निर्वाचनमा नेपाली कांग्रेसबाट बिद्रोह गर्नुभएका पुतली चुनाव चिन्हवाला श्रीराम आले, रिसिगंमा स्थानिय निर्वाचनमा नेपाली कांग्रेसबाट बिद्रोह गरि स्वतन्त्र उमेदवारको रुपमा वडा अध्यक्षमा निर्वाचित शहिदपुत्र भरतकृष्ण श्रेष्ठ, व्यास १ मा नेपाली कांग्रेसका वडा अध्यक्षका विद्रोही (जोशी समुह र नेकपा एमालेबाट सर्मथित) उमेदवार चुडामणी दाहाल र राजु दाहाल लगायतका मानिसहरुको उपस्थिति रहेको थियो साथै उक्त समयमा तनहूँमा स्थानिय निकायको निर्वाचनमा शहिद बनाईएका धेरै महानुभावहरुको आत्मा पनि त्यतैतिर भड्किएको धेरैले आकंलन गरेका छन् ।

आखिर के सन्देश दिन चाहेको हो त यो भेलाले ? के स्थानिय निकायमा आफ्नो टिकट खोसिएर वा आफुलाई टिकट नदिएर त्यहि रिसले वार्गेनिगं. गर्नको लागि जम्मा भएको भिड हो ? उक्त भेलामा उपस्थित एकजना भन्नुहुन्छ ”पहिलो कुरा त हामी टिकट नपाएर , टिकट खोसिएर जम्मा भएको समुह नै होईन, दोश्रो कुरा भर्खर स्थानिय निकायको निर्वाचन सकिएकोले त्यस्लाई जोडेर कुरा गरेपनि ठिकै छ त्यस्मा पनि हाम्रा केहि कुराहरु छन् पार्टीले ज-जसलाई दियो त्यस्मा केहि भन्नुछैन तर के हामी टिकट दावी गर्नेहरु टिकट पाउनेहरु भन्दा अयोग्य थियौ त ? तनहूँको वल्ला छेउदेखि पल्ला छेउसम्म योग्यलाई अपहेलना गरिदा कस्को मन रुदैन र ? हो नेपाली कांग्रेस तनहूँमा धेरै त्यागी नेता तथा कार्यकर्ताहरु हुनुहुन्छ म अयोग्य रहेछु मैले माने तर के टिकट नपाएर असन्तुष्ट भएका हुन् भन्नेहरुलाई मेरो प्रश्न: यो भेलामा जम्मा हुनेहरु मध्ये कोहि कोहि ति टिकट पाउनेहरु भन्दा योग्य हुदै होईनन् त ? अर्को योग्यले पाएको भए त ठिकै छ मैले नपाए पनि उहाँले त पाउनुभयो नि भनेर चित्त बुझाउने ठाउँ हुन्थ्यो होला तर यहाँ त योग्य , पार्टीप्रति सधै वफादार रहेकोलाई छानिछानि शहिद बनाईन्छ भने हामी तनहूँ कांग्रेस शुद्धिकरणको लागि किन एकजुट नहुने ? सधै दाश बनेर बस्न सकिदैन भनेर तनहूँ कांग्रेस सुधार्न खोजिएको हो ।”

त्यसैगरि एक अर्का सहभागी भन्नुहुन्छ ”हाम्रो त्याग, बलिदानी, तन, मन र धन चल्ने हामी नचल्ने ? सोझा साझा ईमान्दारलाई छानी छानी पाखा लगाईदै गरेको कारणले हामीले भेला गरेका हौ न कि हामी केहि नपाएर गोलबन्द भएका हौ , न हामी वार्गेनिगंको लागि गोलबन्द भएका हौ हाम्रो उद्धेश्य तनहूँ कांग्रेसमा त्याग गरेकाहरुले उचित मौका पाउन् भन्ने हो यस्को लागि कसैले तनहूँ कांग्रेसमा अर्को धार जन्मेको भन्छ भने पनि ठिक छ , हामीलाई कारवाही गरेपनि गरोस् तर तनहूँ कांग्रेसमा योग्यलाई उचित स्थान दिनुपर्छ भन्ने हाम्रो माग कदापि रोकिदैन हामी कुनै पार्टीमा जादैनौ तनहूँ कांग्रेसमै रहेर कांगे्रसीहरुबाट शोषित, पिडित, अपहेलित कांग्रेसीहरुलाई गोलबन्द गरिरहन्छौ त्यस्को लागि आउने निर्वाचनमा उठ्न परे पनि हामी तम्तयार रहेका छौ ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?