गोरखा नगरपालिका वडा नं. ५ का अध्यक्ष रानाको निधन

  • ख-
  • ख+

गोरखा । गोरखा नगरपालिका वडा नं. ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।

भाइटीकाको दिन साँझ उहाँको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उहाँलाई गोरखा अस्पताल पुर्‍याइएको थियो ।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उहाँको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित राना युवा संघ नेपालका केन्द्रीय सदस्य र गण्डकी प्रदेशको सह ईन्चार्ज समेत हुनुहुन्थ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?