दमौलीको सन्चो स्वस्थ्य क्लिनिकमा प्रत्येका महिनाको अन्तिम शनिवार वाथ रोग विशेषज्ञ डक्टर आउने

  • ख-
  • ख+

तनहूँ । तनहूँको दमौलीमा रहेको सञ्चो स्वास्थ्य क्लिनिकमा प्रत्येक महिनाको अन्तिम शनिवार वाथ रोगबाट पिडित भएका बिरामीहरुको गण्डकी प्रदेशकै पहिलो र एकमात्र वाथरोग तथा प्रतिरक्षा विशेषज्ञ डक्टर रामकृष्ण गिरीबाट उपचार हुने भएको छ ।
दमौली वरपर भएका वाथ रोगीहरुले राम्रो स्वस्थ्य सेवा पाउन नसकेकोले गण्डकी प्रदेशकै पहिलो र एकमात्र वाथरोग तथा प्रतिरक्षा विशेषज्ञ डक्टर रामकृष्ण गिरीलाई अनुरोध गरि हामीले प्रत्येक महिनाको अन्तिम शनिवार चेकजाँच गर्ने व्यवस्था मिलाएका छौ सन्चो स्वास्थ्य क्लिनिकका संचालक राजेश क्षेत्रीले बताउनुहुन्छ ।

अन्नपूर्ण सिटी क्लिनिक महेन्द्रपुल, पोखराका वरिष्ठ चिकित्सक गिरीले दमौलीमा बिरामीहरुको चेकजाँच गरि सेवा दिन लाग्दा बिरामीहरुले लाभ लिनुपर्ने अन्नपूर्ण सिटी क्लिनिकका संचालक ठाकुरप्रसाद पन्तको भनाई रहेको छ ।
डक्टर गिरीसग यहि पौष महिनाको अन्तिम शनिवार २५ गते चेकजाँच गराउन चाहने बाथ रोगीले दमौली अस्पताल गेट अगाडि रहेको सन्चो स्वास्थ्य क्लिनिकको नम्बर ९८५६०७६२०० र ०६५५६१६०२ मा फोन गरि नाम टिपाउन पनि सक्ने क्षेत्रीले जनाउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्