कोन सहकारीको रक्तदानमा ५९ युनिट रगत संकलन

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ भद्रकाली चोकस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीको २७औँ वार्षिकोत्सवको अवसर पारेर गरिएको उक्त कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष तीर्थबहादुर बस्नेतले पहिलो रक्तदाता संस्थाका साधारण सदस्य राजु भट्टलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो अवसरमा बोल्दै निवर्तमान अध्यक्ष बस्नेतले स्वस्थ जीवनका लागि नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार र आवश्यक पर्दा स्वेच्छिक रक्तदान अत्यन्तै उपयोगी हुने बताए ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष माधवप्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आकस्मिक रक्तदान युनिट पोखराका व्यवस्थापक हरिशचन्द्र शर्मा, नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञावली लगायतले रक्तदानको महत्वबारे धारणा राखेका थिए ।

कार्यक्रममा कोन सहकारी सञ्चालक समितिका उपाध्यक्ष शान्तकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सदस्य शारदा सिग्देल पराजुलीले सहकारीका सात सिद्धान्त वाचन गरिन् । कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य तथा शिक्षा उप–समितिका संयोजक खड्गबहादुर गुरुङ (खुशीमान)ले गरेका थिए ।

 

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?