चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्तिले ९३ वर्षको उमेरमा गरे विवाह

  • ख-
  • ख+

चन्द्रमामा पहिलो पाइला कसले राख्यो ?

तपाईँले जवाफमा भन्नुहुनेछ – नील आर्मस्ट्रङ ।

दोस्रो कदम कसले राखेका थिए त भनेर तपाईँलाई सोधियो भने सायद थोरै मानिसले मात्रै जवाफ दिँदा बज एल्ड्रिनको नाम लिनेछन् ।

अहिले यो कुरा किन गरेको ?

किनभने सन् १९६९ मा एपोलो ११ मा नील आर्मस्ट्रङसँग चन्द्रमामा गएका अन्तरिक्ष यात्री बज एल्ड्रिनले चौथो विवाह गरेका छन् ।

बज एल्ड्रिनले ९३ वर्षको उमेरमा विवाह गरेका छ । उनले लस एन्जलसमा विवाह गरेका हुन् ।

यस अवसरमा बज एल्ड्रिनले आफू र आफ्नी नयाँ दुलही एन्का फर युवाहरू जस्तै उत्सुक रहेको बताएका छन् ।

डा. एन्का ६३ वर्षकी हुन् र केमिकल इन्जिनियरिङमा पिएचडी गरेकी छिन् । हाल उनी एल्ड्रिनको कम्पनीमा कार्यकारी उपाध्यक्ष छन् ।

बज चन्द्रमामा पाइला टेकेका चार व्यक्तिमध्ये एक हुन् ।

बज एल्ड्रिनले ट्वीट गरे, ‘मेरो ९३ औँ जन्मदिनमा, मेरो लामो समयदेखिकी प्रेमिका डा. आन्का फोर र म विवाहित भएको घोषणा गर्न पाउँदा अत्यधिक खुसी छु ।’

सन् १९६९ मा बज एल्ड्रिन नीलसँग चन्द्रमामा हिँड्दा ६० करोड मानिसले टिभीमा ऐतिहासिक क्षण हेरेका थिए । त्यो समयको यो ठुलो रेकर्ड थियो । बज एल्ड्रिन रातारात संसारका सबैभन्दा प्रसिद्ध व्यक्तिहरू मध्ये एक भए ।

चन्द्रमामा अवतरण गरेपछि बज एल्ड्रिनले भनेका थिए – गौरवशाली ।

केही वर्ष पहिले बज एल्ड्रिन रक्सी र डिप्रेसनको सिकार भएको खबर आएको थियो ।

अहिलेसम्म १२ जना मात्रै चन्द्रमामा जान सकेका छन् । (एजेन्सी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्