बालबालिका, ज्येष्ठ नागरिक र रोगी घर बाहिर ननिस्कन वातावरण विभागको अपिल

  • ख-
  • ख+

काठमाडौं । पुषको चिसो मौषमा चिसो बढेसगै वायु प्रदूषण बढेको बताउँदै वातावरण विभागले काठमाण्डौ उपत्यकावासीलाई घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन अपिल गरेको छ । विभागले वातावरण प्रदुषित हुदै गईरहेकोले अनावश्यक काममा ननिस्कनका साथै बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन अनुरोध गरेको छ ।

वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले पौष २१ मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै , ‘उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको पाइएको छ । यसबाट तपाईं हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्न सक्दछ ’ भन्नुभएको छ ।
विज्ञप्तिमा काठमाण्डौ बाहेक नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साथै विभागले फोहोर र आगो बाल्दा पनि वायु प्रदूषण बढ्ने भएकाले त्यस्तो नगर्न पनि अनुरोध गरेको छ । उक्त विज्ञप्तिमा ‘वायु प्रदूषण मौसममा पनि भरपर्ने भएकाले मौसम यस्तै भइरहेमा केही दिनसम्म प्रदुषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्