गण्डकी प्रदेशमा मा कोरोना(कोभिड–१९ ) विरुद्ध साझा संकल्प प्रस्ताव ल्याईदै

  • ख-
  • ख+

गण्डकी प्रदेश सभामा कोरोना (कोभिड–१९) लाई व्यवस्थापन गर्न साझा संकल्प प्रस्ताव ल्याउन सबै दल एकजुट भएका छन् ।

कोरोना विरुद्ध संकल्प प्रस्ताव ल्याउनका लागि गण्डकी प्रदेशसभाका चारवटै दल सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष दल कांग्रेस र अर्का प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चा, राष्ट्रिय र जनता समाजवादी पार्टी सहमत भएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार राजनितिक अस्थिरता भएपनि संकल्प प्रस्तावमा कोरोना ( कोभिड १९) का बिरामीलाई कसरी व्यवस्थापन गर्ने, बिरामीको लागि अस्पतालमा वेड, कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन, भेण्टीलेटरको व्यवस्था र कोरोनाविरुद्धको खोपलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सबै दल सहमत भएर साझा संकल्प प्रस्ताव ल्याउन लागिएको छ ।

गण्डकी प्रदेशको पोखरामा मंगलबार सुरु भएको विशेष अधिवेशन शुरु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्