यु.आर.एल.ले बेसिशहरमा शाखा खोल्नेः अन्तराष्ट्रियस्तरको प्रविधिबाट बेसिशहरमा नै स्वास्थ्य परिक्षण गर्न पाईने

  • ख-
  • ख+

तनहूँ । विगत ८ बर्षदेखि गण्डकी प्रदेशमा अति नै सर्वसुलभ मुल्यमा अन्तराष्ट्रिय स्तरको स्वास्थ्य परिक्षण गराईरहेको यूनाइटेड रेफरेन्स ल्याबोरेटरी यु.आर.एल. ले लम्जुगं जिल्लामा पनि आफ्नो शाखा बिस्तार गर्दैछ । यु. आर. एल. ले लम्जुगंको सदरमुकाम बेसिशहरको शेराचोकबाट निकट भविष्यबाट नै आफ्नो सेवा संचालन गर्न लागेको छ ।
लाखौ ग्राहकहरुलाई सेवा दिई मन जित्दै आईरहेको यु. आर. एल . ले बेसिशहरमा पनि शाखा खोलेर लम्जुगंका जनतामात्र नभएर मनागंका जनतालाई पनि स्वास्थ परिक्षणको उच्च स्तरिय प्रविधिसग साक्षात्कार गराउन लागेको यु.आर. एल. का प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तको भनाई रहेको छ साथै वहाँले गण्डकी प्रदेशमा अति नै सुलभ मुल्यमा राजधानी र विदेशी अस्पतालहरुले समेत मान्यता दिदै अन्तराष्ट्रिय स्तरको प्रविधिबाट अति नै संवेदनशीलहरु परिक्षण गराउने हुनाले यो क्षेत्रका जनताले धेरै लाभ उठाउन सक्ने पनि बताउनुभएको छ ।
पोखरामा मुख्य कार्यालय रहेको यु.आर.एल. ले बेसिशहरमा शाखा खोल्न लाग्दा यहाँका सर्वसाधारणहरु पनि उत्साहित भएको स्थानिय बुद्धिजिविहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्