लमजुङका विनोदको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी

  • ख-
  • ख+

कतार– लमजुङका विनोदप्रसाद बसौलाले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । हाल कोषाध्यक्ष पदमा कार्यरत उहाँले अबको कार्यकालाका लागि प्रथम उपाध्यक्षमा पदमा दावी गर्नु भएको हो । सो निर्वाचन जुलाई २७ र २८ अर्थात साउन ११ र १२ गतेका लागि तय गरिएको छ । विनोदले पपुलर भोट पाउने आंकलन गरिएको छ ।
विनोदप्रसाद बसौला, बिगत १० वर्षदेखि कतारमा श्रम गर्दै आउनु भएको र त्यहाँ रहने नेपालीहरूको हरेको दुःख सुखमा साथ दिदै आउनु भएको व्यक्तित्व हो । शुरुका दिनदेखिनै गैरआवासीय नेपाली संघको अभियानमा विभिन्न पदमा तथा पद बाहिर रहँदा पनि उहाँको सक्रियता सबैलाई अवगत भएकै विषय हो । २०१७– २०१९ कार्यकालमा गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारको कार्यसमिति (सचिवालय) सदस्य, तथा २०१९–२०२१ र २०२१– २०२३ दुई कार्यकालका लागि कोषाध्यक्ष पदको जिम्मेवारी निर्वाह गरिआउनु भएको छ । उहाँले आफ्नो सो पदीय जिम्मेवारीलाई गहनताका साथ सफल बनाउन सहयोग र सद्धभाव राख्नु हुने सम्पूर्णमा हार्दिक आभार समेत व्यक्त गर्नु भएको छ ।
उहाँले भन्नुभयो, ‘२०१७ मा सुरु भएको कार्यकालदेखि हालसम्म करिब ६ वर्ष एनसीसी कतारको कार्यसमितिमा रहेर पदीय जिम्मेवारीबाट प्राप्त कार्य अनुभवलाई अधिकत्तम सदुपयोग गर्दै थाती रहेका कार्ययोजना साथै थप कार्य गर्ने चाहनाको साथ २०२३– २०२५ कार्यकालका लागि प्रथम उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने निर्णय लिएको छु विगतमा जस्तै सहयोग एवम् सदभाव पाइरहने छु भन्ने विश्वास व्यक्त गर्दछु ।’
उहाँले थप भन्नुभयो, ‘विगत केही वर्षदेखि कतारमा स्थापित जिल्ला संस्था लगायतका विभिन्न संघ संस्थाहरूमा आबद्ध भएर कार्य गर्ने क्रममा प्राप्त गरेको संस्थागत सीप साथै ममा रहेको सामाजिक भावना र उर्जालाई यस अभियानमार्फत अझ बढी प्रभावकारी रुपमा अधिकत्तम सदुपयोग गर्दै म जस्तै कतारमा कार्यरत लाखौ श्रमिकहरुको पक्षमा र कतारको नेपाली समाजको हितमा यसै साझा संस्थामार्फत समर्पित गर्ने सोचका साथ अघि बढेको छु ।’
यसैले, मलाई विश्वास गरी यो निर्वाचनमा अत्यधिक मतका साथ विजयी बनाउनु हुनेछ भन्ने विश्वासमा छु उहाँले भन्नुभएको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३– २०२५ कार्यकालको लागि निर्वाचन हुँदैछ । प्रथम उपाध्यक्षको एक पदका लागि विनोद सहित तीन जनाको उम्मेदवारी रहेको छ । निर्वाचत हुने विभिन्न पदका लागि ९१ जनाको उम्मेदवारी परेकोमा ९० जनाको उम्मेदवारी कायम रहेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सो निर्वाचनमा मतदाताको कुल संख्या ८ हजार ९५२ रहेको छ ।
स्मरणीय छ, लमजुङमा रहदा बचत सहकारी संस्थाका लागि बजारमा पैसा संकलन गर्ने कामबाट जागिरे जीवनमा प्रवेश गर्नु भएका विनोदले बढुवा हुँदै बैंक मेनेजरको पदमा नाम निकाल्न सफल भएको बेलामा मेनेजर पदको जागिर छाडेर कतार जानु भएको हो । विनोदको यही क्षमता, मिलनसारपन र सहयोगी भावनाले पपुलर भोट पाउने आंकलन गरिएको छ ।

(अंतरंग न्युज

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्