तनहूँका जोशी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा उम्मेदवारी दिदै

  • ख-
  • ख+

साउन २२ । तनहूँ । तनहूँ दमौली घरभई लामो समयदेखि अष्ट्रेलिया बस्दै आउनुभएका युवा समाजसेवी दिनेशराज जोशीले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

एनआरएनए अष्ट्रेलियाको विभिन्न अभियानमा निरन्तर सक्रिय रहदै आउनुभएका जोशी बर्तमान एनआरएनए ओसीयाना रिजनका क्षेत्रीय संयोजक, पुर्ब अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र एनआरएनए अष्ट्रेलियाको सल्लाहकार समेत हुनुहुन्छ । तनहूँ समाज अष्ट्रेलियाको बरिशठ सल्लाहकार रहनुभएका जोशी नेपाली काङेस जन सम्पर्क समिति अष्ट्रेलिया का सस्थापक पनि हुनुहुन्छ ।
एनआरएनभित्र राजनिती गर्नुहुदैन भन्ने मान्यता राख्ने जोशीले अहिलेको एनआरएन अष्ट्रेलिया को निर्बाचनमा आफ्नो छुट्टै समूह लाई जिताउन महत्त्वपूर्ण भुमिका खेल्नुभएको थियो।
अन्तर्राष्ट्रिय समन्वय परिषद विभिन्न देशहरुको एनआरएनए प्रतिनिधि मण्डलहरुले प्रतिनिधित्व गर्ने साझा परिषद् हो । जोशी नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुनहुन्छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्