नेपाली महिला समाज कतारले कतारमा तिज कार्यक्रम आयोजना गर्दै

  • ख-
  • ख+

३२ साउन । काठमाडौं । कतारमा स्थापित नेपाली महिला समाज कतारले नेपालीको चाड हरितालिका तीजको अवसरमा‌ कतारमा तिज बिशेष कार्यक्रमको आयोजना गर्दैछ । नेपाली महिला समाज कतार, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार को महिला बिभाग एवं दोहा कतारमा स्थापित बिभिन्न संघ-संस्थाहरुको संयुक्त आयोजनामा १५/०९/२०२३ अर्थात् भदौ २९ गते शुक्रवार हुन लागेको शुभकामना आदानप्रदान कार्यक्रम सभ्य र भब्य तरिकाले सम्पन्न हुने उक्त समाजकी अध्यक्ष सरिता भण्डारी पौडेल बताउनुभएको छ । साथै अध्यक्ष पौडेलले कार्यक्रमलाई आकर्षक र सुमधुर बनाउनका लागि सर सल्लाह अनि सुझाव आवश्यक भएकोले लिखित वा मौखिक सुझावको लागि पनि आग्रह गर्नुभएको छ ।

कतारको गोर्खा रेस्टुरेन्ट , नज्मामा दिउसो ४:00 बजेबाट शुरु हुने कार्यक्रममा समयको ख्याल राखि सहभागी हुन पनि समाजले सबैलाई आग्रह गरेको छ‌।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्