१३ भाद्र । तनहूँ । दमौली दमौलीमा डेगींका बिरामीहरु उल्लेख्य रुपमा नभेटिएपनि दमौली बजार नजिकैको भतेरीमा निर्माणाधिन तठबन्धको छेउमा निर्मित पोखरीहरुले डेगीं बढाउने सम्भावना बढेको छ । भतेरीको जग्गा संरुक्षण र उक्त क्षेत्रलाई आर्कषक गन्तव्यको रुपमा बिकास गर्न निर्माण गरिएको तटबन्धको कारण बनेको पोखरीहरुका कारण लामखुट्टेले बच्चा पार्ने र दमौली बजार वरपर फैलिन सक्ने सम्भावना बढेको जानकारहरुले बताउनुभएको छ । व्यास नगरपालिकाले प्रत्येक वडामा डेगींबाट बच्नको लागि जानकारी मुलक कार्यक्रम गर्ने, बजारका मुख्य क्षेत्रहरुमा केहि समय अगाडि औषधी छर्ने काम गरेपनि उक्त स्थानमा बनेका पोखरीहरुमा औषधी छर्ने तथा त्यहाँ जमेको पानीलाई तर्काउने तर्फ ध्यान नदिदाँ उक्त पोखरीहरुमा लामखुट्टेहरु उत्पादन भएर डेगीं फैलनसक्ने जोखिम बढेको छ ।

भतेरीमा परेको पानी र बर्षामा परेको पानी तटबन्धका कारणले मादी नदिमा मिसिन नपाउदाँ मादीको किनार मादीको चाईनिज पुल भन्दा तलपट्टिका क्षेत्रमा साना ठुला दर्जनौ पोखरीहरु बनेका छन् । उक्त पोखरीहरुको सिरानमा नगरपालिकाले अस्थायीरुपमा नगरपालिकाको फोहोर डम्पिगं साईड रहेको छ । जहाँ नगरपालिकाले प्रत्येक दिन फोहोर विर्सजन पश्चात पुर्ने गरेको छ ।
”पानी जमेको छ भने त लामख्ट्टे उत्पादन भई नै हाल्छन्, डेर्गी फैलाउन सक्ने लामखुट्टेहरु ४ सय मिटर सम्म जान सक्ने भएकोले बजार क्षेत्र टाढा छैन त्यसतर्फ त हामी सबै सचेत हुनु जरुरी छ” दमौली अस्पतालका प्रमुख परिवर्तन बरालको भनाई रहेको छ ।
यसै बिषयमा प्रतिक्रिया लिदा व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतिले ” सामाजिक संजालमा देखेर उक्त स्थानमा पोखरीहरु बनेका छन् भन्ने थाहा पाएको छु छिट्टै उक्त पोखरीमा के कसरी औषधी हाल्न सकिन्छ त्यस बारेमा निधो गर्ने” बताउनुभएको छ ।
”पानी जमेको ठाउँमा लाखख्ट्टेले फुल पार्ने भएको र उक्त स्थानमा गएर हेर्दा धेरै पोखरी र लिच्चड पनि बनिसकेकोले यी पोखरीहरु लामखुट्टे उत्पादन हुने कारखाना सरह हुने भएकोले सम्बन्धित निकाय सचेत हुन जरुरी रहेको” उक्त क्षेत्रको अवलोकनमा पुगेर फर्कनुभएका समाजसेवी पदमराज न्यौपानेको भनाई रहेको छ ।

डेङ्गी कसरी फैलन्छ ?
बढ्दो शहरीकरणसँगै प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेङ्गी सङ्क्रमण बढ्नुको एक कारक मानिन्छ।

प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा, गमला वा पोखरीहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ।

अण्डाबाट लार्भा, प्युपा हुदै वयस्क लामखुट्टेमा परिणत हुन्छ। डेङ्गी सङ्क्रमित लामखुट्टेको जीवन चक्र चार साताको हुन्छ।

लामखुट्टेले एक पटकमा १०० देखि ४०० वटासम्म अण्डा पार्छ।

यो लामखुट्टेले जमेको पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिनु हुँदैन।

यो लामखुट्टेको स्वभाव घर वरिपरि र मान्छेको भिडभाडमा रहने खालको हुन्छ र पोथी लामखुट्टेबाट मात्र रोग मानिसमा सर्छ।

सावधानीको उपाय के ?
पानी जमेको ठाउँमा लामखुट्टे मार्नको लागि औषधी छर्नुपर्दछ ।
घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्नु पर्छ।

बिहान र दिउँसो टोक्ने भएकाले पूरा जीउ ढाक्ने कपडा लगाउनुका साथै लामखुट्टेले नटोक्ने मलम शरीरका देखिने भागमा लगाएर पनि बच्न सकिन्छ।

घर भित्र लामखुट्टे मर्ने औषधि कुनाकाप्चा र दराजमा पनि छर्कनु पर्छ।

औषधि छर्की सकेपछि घरको झ्याल ढोका कम्तीमा १५ देखि २० मिनेट बन्द गर्नुछ ।
डेगींको खास उपचार र रोकथाम गर्ने खोप नभएकाले यसको लाक्षणिक उपचार मात्र हुन्छ।

डेगींबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको रोकथाम नै हो। लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।

लामखुट्टेसँगै यसको प्रजनन गर्ने कार्य रोक्नुपर्छ। कसैको दिउँसो सुत्ने बानी भए पनि झुल प्रयोग गर्नुपर्छ। घरका झ्यालढोकामा जाली राख्नुपर्छ।

अन्तिम पटक अध्यावधिक गरिएको 200 Viewed

प्रतिक्रिया दिनुहोस्