“भारतीयहरूका लागि मसला भनेको भाँडोभित्र भएको रङ्गजस्तै हो,” पूर्वकलाकार तथा परिकार समीक्षक मधुर जाफरी भन्छिन्। “हामी एउटै मसलाबाट थरीथरीका स्वाद निकाल्न सक्छौँ।
तपाईँले मसला भुट्न र पिँधेर धुलो बनाउन सक्नुहुन्छ। त्यसो गर्दा निस्किने स्वादको विविधता अद्भुत हुन्छ।
भारतीय मसलाले अचार र मासुका परिकारलाई स्वादिलो बनाउँछ। बाटोमा बेचिने परिकार स्वादिलो हुनुमा मसलाकै योगदान छ। मसला प्रयोग गरेर स्थानीय फलफूलबाट बनाइएको पेयपदार्थलाई अझ स्वादिलो बनाइन्छ। मसलाले फलफूल र सलादमा पनि स्वाद थप्छ।
भारत मसला उत्पादन र निर्यात गर्ने ठूलो देश हुनु आश्चर्यको विषय होइन। भारतबाट २०० प्रकारका मसला र संवर्धित पदार्थ निर्यात हुँदै आएको छ। स्पाइसेस बोर्ड अफ इन्डियाका अनुसार भारतले प्रत्येक वर्ष चार अर्ब अमेरिकी डलर बराबरको मसला निर्यात गर्छ।
भारत निर्यातमा मात्र नभई मसलाको आन्तरिक उपभोगमा पनि अगाडि छ।
भारतमा विश्वभरि नै सबैभन्दा धेरै मसला खपत हुने ठानिन्छ। भारतमा एक वर्षमा १० अर्ब अमेरिकी डलर बराबरको मसला बिक्री हुन्छ।
मसलामा क्यान्सर गराउन सक्ने रसायन
अहिले निकै नाम चलेका दुई ब्र्यान्डका मसलाहरू कति शुद्ध र हितकर छन् भन्ने विषयमा प्रश्न उठेको छ।
एथलीन अक्साइडु नामक क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ ठूलो मात्रामा पाइएको भन्दै सिङ्गापुर र हङ्कङले गत महिना भारतीय कम्पनीहरू एमडीएचु र एभरेस्टु ले उत्पादन गर्दै आएका मसलाको बिक्रीमा रोक लगाए।
यो प्रकरण त्यतिमा मात्रै रोकिएन।
अमेरिकाको फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन ९एफडीए०ले पनि ती दुई कम्पनीका उत्पादनमा विषादी मिसिएको छ कि छैन भनेर परीक्षण गरिरहेको उक्त निकायका प्रवक्ताले समाचारसंस्था रोएटर्सलाई बताएका छन्।
रोएटर्सले गरेको एउटा विश्लेषणमा सन् २०२१ मा अमेरिकी बजारमा पुगेका एमडीएचका उत्पादनमध्ये झन्डै १४।५ प्रतिशतमा जीवाणु भेटिएकाले बिक्रीका लागि ती अस्वीकृत भएका थिए। तर ती दुवै कम्पनीले आफ्ना उत्पादनहरू अहितकर नभएको दाबी गर्दै आएका छन्।
युरोपेली सङ्घले पनि मसलाको गुणस्तरको विषयबारे चासो व्यक्त गरेको छ। ईयूले भारतबाट आयातित खुर्सानीको धुलोमा क्यान्सर निम्त्याउने पदार्थ पाइएको जनाएको छ।
माल्दिभ्स, बाङ्ग्लादेश र अस्ट्रेलियाका खाद्यपदार्थ नियमन गर्ने निकायहरूले पनि भारतीय मसलामाथि अनुसन्धान गरिरहेको विवरण सार्वजनिक भएका छन्।
मसला उत्पादन र निर्यातमा भारतको वर्चस्व
भारतले झन्डै ४ अर्ब अमेरिकी डलरको मसला निर्यात गर्छ। यो विश्वव्यापी मसला निर्यातको १२५ हो
निर्यात हुने मुख्य मसलामा खुर्सानीको धुलो, जिरा, बेसार, अलैँची र मसलाको मिश्रण पर्छन्
निर्यात हुने अन्य मसलामा हिङ, केसर, सुप (सोँफ), जाइफल, ल्वाङ र दालचिनी हुन्
चीन, अमेरिका र बाङ्ग्लादेश भारतीय मसलाका लागि ठूला बजार हुन्
यूएई, थाईल्यान्ड, मलेशिया, इन्डोनेशिया, यूके, अस्ट्रेलिया, सिङ्गापुर र हङ्कङ त्यसपछिका प्रमुख बजार हुन्
नेपालले पनि भारतबाट ठूलो मात्रामा मसमसाला आयात गर्छ। नेपालले प्रत्येक वर्ष जिरा, मरिच र खोर्सानी मात्रै दुई अर्ब रुपैयाँभन्दा बढीको भित्र्याउँछ ।

कसले गर्छ मिसावट
भारतको सङ्घीय सरकारले सबै राज्य सरकारलाई गुणस्तर परीक्षण गर्न निर्देशन दिएको छ।
पाँच ठाउँमा आफ्नै प्रयोगशाला रहेको भारतको स्पाइसेस बोर्डले निर्यातकर्ताहरूलाई ुएथलीन अक्साइडुको प्रयोग भए नभएको परीक्षण गर्न निर्देशन दिएको छ। भारतको खाद्यसुरक्षा तथा मापदण्ड हेर्ने निकायले पनि नमुना सङ्कलन गरेर परीक्षण गरिरहेको छ।
भारतको स्वास्थ्य मन्त्रालयले विषादीको अवशेषका लागि ुम्याक्सिम रेजिड्यू लिमिट्सु ९एमआरएल० अनुरूप कठोरतम मापदण्ड तोकिएको दाबी गर्दै आएको छ।
भिन्नाभिन्नै खाद्यपदार्थमा हुने विषादीको बाँकी मात्रा अर्थात् एमआरएल फरक हुन सक्छ। सावधानीपूर्वक जोखिमको आकलन गरेर त्यस्तो मात्रा निर्धारण गरिन्छ।
तर यहाँ केही चुक भएको चाहिँ स्पष्ट छ। सन् २०२२ मा अमेरिकाको एफडीएले एउटा भारतीय प्रमुख मसला उद्योगमा पर्याप्त सरसफाइ नभेटिएको विवरण सार्वजनिक गरेको थियो।
“भारत धेरै शताब्दीदेखि मसला निर्यात गर्ने देश हो। तर विगत केही वर्षमा सरकारको ध्यान नपुग्दा भारतको यो छविमा ह्रास आउन थालेको छ। कुन चरणमा मिसावट हुन्छ भन्ने हामीले अहिलेसम्म थाहा पाउन सकेका छैनौँ। किसानहरूले एथलीन अक्साइड प्रयोग गर्दैनन्। यो पक्कै पनि बाली उठाइसकेपछि र प्रशोधन भइसकेपछि हुने कुरा हो,” स्वतन्त्र अनुसन्धाता र पर्यावरणीय न्यायसम्बन्धी अभियानकर्मी नरसिंह रेड्डी डोन्थी भन्छन्।
श्रोतः बिबिसि खबर








