पोखरा मेयर कप राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगितामा तनहुँका कर्मचारीहरूको सहभागिता

सर्वज्योति
  • ख-
  • ख+

पोखरा, ९ माघ । कास्की व्याडमिन्टन संघको आयोजनामा दोस्रो पोखरा मेयर कप राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०८२ शुक्रबारदेखि पोखरामा सञ्चालन भएको छ। उक्त प्रतियोगितामा तनहुँ जिल्लाका म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका कर्मचारीहरूले सहभागिता जनाएका छन्।
म्याग्दे गाउँपालिकाबाट प्रदीप न्यौपाने–आकाश गुरुङ तथा शम्भु पौडेल–राज श्रेष्ठको टिमले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेको छ। त्यस्तै, व्यास नगरपालिकाबाट कुमार कञ्चन जिसी र कृष्ण घिमिरे सहभागी भएका छन्।
कर्मचारी तथा जनप्रतिनिधिसमेत गरी देशभरका खेलाडीहरूको सहभागिता रहेको यस राष्ट्रियस्तरको प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?