आदिकवि भानुभक्त आचार्यको बिर्खेटोपी लगाई तनहुँ २ का ईन्जिनियर श्रीराम न्यौपानेले लिए संसदको सपथ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेका छन् । बिहीबार आयोजित समारोहमा उनले आदिकवि भानुभक्त आचार्यको पहिचानसँग जोडिएको परम्परागत बिर्खे टोपी लगाएर शपथ लिँदै नेपाली मौलिक संस्कृति प्रति सम्मान प्रकट गरेका हुन् । शपथपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आधुनिक विकाससँगै आफ्ना परम्परा र संस्कृतिलाई जोगाउँदै अघि बढ्नुपर्ने सन्देश दिन खोजेको बताए।

ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञका रूपमा परिचित न्यौपानेले अब सक्रिय राजनीति मार्फत विकास निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्