देवघाटमा ट्याक्टर दुर्घटना: १ जनाको मृत्यु, चालक घाईते

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडा स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय देवघाटका अनुसार २०८२ चैत १७ गते दिउँसो करिब २:३० बजे नारायणघाटबाट सिङतानतर्फ जाँदै गरेको ग १ त १५२३ नम्बरको ट्याक्टर चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्टर चालक देवघाट गाउँपालिका–१ कोटा निवासी ३० वर्षीय विष्णु माझी घाइते भएका छन्। उनको मुख, नाक तथा छातीमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा सोही स्थानका बालक शिव ब. गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्