सुरेन्द्र बजगाँई प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस सहजकर्ता नियुक्त

सर्वज्योति
  • ख-
  • ख+

१७ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन् ।

उनी स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा लिनेगरी प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त भएको स्रोतले जानकारी दिएको छ ।

बजगाईं यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि प्रेस संयोजकको भूमिकामा थिए । ललितपुर स्थायी घर भएका बजगाईं पत्रकारितामा सक्रिय थिए ।

मेयर शाहको सचिवालयमा रहेर काम गरेका उनी पछिल्लो पटक निर्वाचनमा पनि सक्रिय थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्