नेतृत्वसग असन्तुष्ट बन्दै नेकपा एमालेका युवा नेता सुजन आचार्य

सर्वज्योति
  • ख-
  • ख+

( नेकपा एमालेका अध्पोयक्ष केपी शर्मासग युवा नेता सुजन आचार्य)

पोखरा । केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेका नेता तथा कार्यकर्ता नेतृत्वसग असन्तुष्ट हुन थालेका छन् । बिशेषगरि जेनजी आन्दोलनको मर्म नबुझेको र पार्टीलाई हिजो पनि आज पनि निजी संस्थाको रुपमा रुपमा चलाउन थालेकोले आफु असन्तुष्ट भएको नेकपा एमालेका तनहुँको जिल्ला कमिटि सदस्य पदका प्रत्यासी एवं युवा सुजन आचार्यले बताएका छन् । उन्ले पार्टीमा गुटबन्दी गर्ने, युवाहरुको भावना नसमेट्ने भएकोले पार्टी सुधारका लागि आफु नेतृत्व विरुद्ध बोल्न बाध्य भएको बताएका छन् । ६ वुदे प्रस्ताव पारित गर्दे सकियो, नेकपा (एमाले) तनहुँको जिल्ला भेलाको तस्विर सेयर गर्दै आचार्यले ”ने.क.पा. एमाले शंकर पोखरेल र खगराज अधिकारीको निजि संस्था होइन है सबैले बुझौं” भनेर स्टाटस लेखेका छन् । यस बिषयमा उनीसग प्रतिक्रिया लिदा पार्टीको नेतृत्वमा बसेका पोखरेल र अधिकारीको गलत काम कारवाही, गुटवन्दी , गलत सल्लाह र नेतृत्वलाई मिस गाईड गरिरहने बानीले गर्दा पार्टी भड्खारोमा परेकोले पोखरल र अधिकारी विरुद्द  बोल्न  आफु बाध्य भएको बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्