कृषि उत्पादन बृद्धिको लागि व्यास ८ द्धारा हाते ट्याक्टर वितरण

  • ख-
  • ख+

तनहूँ । आर्थिक बर्ष २०७७, ७८ को योजना अन्तर्गत ब्यास नगरपालिका वार्ड नं ८ को कार्यालयले कृषि पेशाबाट कृषकहरूलाई आत्मनिर्भर र ब्यबसायिक बनाउने र कृषिलाई यान्त्रिकरण तर्फ जोड्ने उद्देश्य हाते ट्याक्टर वितरण गरेको छ । ब्यास नगरपालिका वार्ड नं ८ अन्तर्गत सबै टोल बिकाश संस्थाहरु खेतिपातीलाई सहज गराउन ११ वटा हाते ट्याक्टर बितरण गरेको उक्त अवसरमा बताईएको थियो ।
ब्यास नगर पालिका वार्ड नं ८ को कार्यालयमा कृषकहरू तथा जनप्रतिनिधिहरुको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । ब्यास नगर पालिका वार्ड नं ८ का वडा अध्यक्ष ओजराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा व्यास नगरपालिकाकी कार्य पालिका सदस्य चन्द्र माया परियार, वडा सदस्यहरु प्रदिप आचार्य,माधबि ओझा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा वहाँहरुले जनप्रतिनिधि जनताको सेवक भएकोले सुख दुःख सबैमा साथ दिने बताउनुभएको थियो । उक्त अवसरमा टोल समुहका पदाधिकारीहरुले टेयाक्टर पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम ब्यास नगर पालिका वार्ड नं ८ का कृषि प्राबिधिक अनिल मिश्रले संचालन गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्