सम्पर्कविहीन गण्डकी प्रदेशसभा सांसद शाहि अस्पतालको आईसीयूमाः बाहिर अनेक अड्कली

  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वी सुव्वा गुरुगंलाई मुख्यमन्त्रीबाट हटाउन मतदान शुरु हुनुभन्दा केहिबेर अगाडि अचानक सम्पर्कविहीन हुनुभएको भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद खिमबिक्रम शाही चरक मेमोरियल हस्पिटलको आईसीयूमा भर्ना भएको भेटिएको छ ।

सांसद खिमबिक्रम शाहीका स्वकीय सचिव मीलन हमालकाअनुसार शाही आज १२ बजे अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएको हो । हमालले सांसद शाही अहिले आफ्ना भाइ जुनविक्रम शाहीसँगै अस्पतालमा रहेकोले शुभचिन्तकलाई नआतिन आग्रह गर्नुभएको छ ।

अविश्वासको प्रस्तावमाथि छलफल चलिरहँदा सम्पर्कविहीन भएको भनिएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही चरक मेमोरियल अस्पतालको आइसियुमा भेटिएको खबर आएपछि अनेक अड्कल बाजीहरु गरिएको छ । वहाँ पार्टीमा पनि सम्पर्क विहिन भएपछि पार्टीले खोजविनको लागि प्रदशेसभामा कुरा उठाएपछि आजको प्रदेशसभा अनिश्चित कालको लागि रोकिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्