बन्द होलान् त तनहुका अवैध क्रसर उद्योग ?

  • ख-
  • ख+

माधब पौडेल । तनहुँ । प्राकृतिक श्रोत र साधन दोहन गर्ने मामिलामा तनहु जिल्ला नेपालभर नै अग्रणी रहेको छ । जिल्ला भएर बग्ने मादि, सेति, मस्र्यागंदी लगायतका नदिहरुको प्राकृतिक श्रोतको दोहन गरिनुलाई त तनहुँ सर्वसाधारणले सामान्य मान्दै पचाईआएका छन् । जिल्लामा संचालन भएका क्रसर उद्योगहरुले पुर्याएको भौतिक क्षति त हिसाब गरिसाध्य नै छैन यस्तोमा दर्ता नभईकन संचालनमा आएका ५ वटा क्रसर उद्योगहरुलाई बन्द गराउने निर्णय पछिल्लो पटक जिल्ला अनुगमन समिति तनहुले गरेको थियो । समितिले बन्द गर्न निर्देशन दिएका शुक्लागण्डकी नगरपालिका वडा नं. ३ को “मेलमिलाप ढुगां गिट्टी वालुवा उद्योग”, वडा नं. २ “एसएनएल एग्रीगेट कम्पनी, वडा नं ७ को “ए सिक्स एग्रीगेट कम्पनी”, वडा नं ५ को “प्रोफर कन्स्टक्सन एण्ड ईण्डष्ट्रिज”, म्याग्दे गाउपालिका वडा नं ३ “अकला रुद्रदेवी गिट्टी वालुवा उद्योग” रहेका छन् ।
पटक पटक ताकेता गर्दा पनि अटेरी गरि संचालन गरेका ति उद्योगहरुलाई अबिलम्व बन्द गर्न सम्बन्धित स्थानिय निकायलाई खबर गर्ने जिल्ला समन्वय समिति तनहुका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा केहिदिन अघि (कार्तिक २ गते) बसेको बैठकले निर्णय गरेको हो । बैठकको निर्णयलाई सकारात्मकरुपमा लिएपनि यसभन्दा अगाडि पटक पटक गरिएका निर्णयहरु कार्यान्वयन नहुदा यस पटकको निर्णय पनि लागु हुने कुरामा तनहुँवासीहरु त्यति आशावादी हुन सकेका छैनन् चाडपर्वको समयमा काम नभएको कारण सुस्ताएका ति अवैध उद्योगहरु पुनः संचालन हुनेमा सर्बसाधारण विश्वस्त रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्