गण्डकी प्रदेशको सत्ता किचलोः राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाइयो

  • ख-
  • ख+

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना दलका नेता कृष्ण थापालाई संसदिय दलको नेताबाट हटाएको छ । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमत नहुनु भएका थापालाई संसदीय दलको नेताबाट हटाएको हो ।

उत्तः दलकी सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको आफ्नो पार्टीको निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराउनुभएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार निर्माणमा समर्थन गर्ने निर्णयविरुद्ध कार्य गरेकाले दलको नेताबाट हटाएको पत्रमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?