दमौलीको ग्रीन सिटि टोल ९ गते आइतबार बाट पुर्ण रूपमा बन्द गरिने

  • ख-
  • ख+

तनहूँ । कोरोना भाईरस कोधिड १९ को दोस्रो चरणको भयाबह महामारीलाई नियन्त्रणको लागि सहयोग गर्न व्यास नगरपालिका वडा नं. २ को स्थित ग्रीन सिटि टोलका आजबाट पूर्णरुपमा बन्द गरिने भएको छ । टोलका पदाधिकारीहरु तथा स्थानिय व्यापारी व्यवसायीहरुको बैठकले उक्त निर्णय गरेको हो । महामारी फैलने क्रममा रहेको ले व्यास नगरपालिका वडा नं. २ को कार्यालय, तनहूँ उद्योग बाणिज्य संघ तनहूँ उद्योग बाणिज्य संघदमौली बजार ईकाइले उक्त टोल बन्द गर्नका लागि पुर्ण रुपमा साथ सहयोग गर्ने प्रतिबद्धता जनाईसक्नुभएको छ । साथै उक्त टोलले पनि आफ्नो टोलका बासिन्दालाई सचेत रहेर टोलको निर्णय पालना गर्न सम्पूर्ण टोलवासीलाई आग्रह गरेको छ । ( ग्रीन सिटि टोलका अध्यक्ष सुरेश वाग्लेको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्