पोखरा । पोखराका अस्पतालहरुमा उपचाररत १५ जनासहित गण्डकी प्रदेशमा २० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृतकहरु सबैको पछिल्लो २४ घण्टामा अस्पतालहरुमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकहरु स्याङजा जिल्लाका ६ जना, बाग्लुङ जिल्लाका ४ जना,पर्वत जिल्लाका ४ जना, तनहूँ जिल्लाका २ जना, रुपन्देही जिल्लाका २ जना, कास्की जिल्लाका १ जना र मुस्ताङ जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५ सय ५१ पुगेको छ ।
तनहूँ जिल्लाबाट मृत्यु हुनेहरु बन्दिपुर गाउँपालिका वडा नं. १ का ५३ बर्षिय पुरुष र अर्का शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का ३३ बर्षिय पुरुष रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।










