भदौमा महाधिवेशन गर्न देउवा प्रतिवद्ध

  • ख-
  • ख+

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन भदौमा हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै तयारी पूरा गरिने बताउनुभएको हो ।

पार्टीका विभिन्न पदमा भएका व्यक्तिहरुले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी आएका अभिव्यक्तिप्रति कडा शव्दमा आपत्ति जनाउदै उहाँले ‘२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु । पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्रै नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान हो’, देउवाले विज्ञप्तिमा भन्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?