समाजसेवी अन्जुद्धारा आर्थिक अवस्था कमजोर भएका रोगीहरुलाई सहयोग

  • ख-
  • ख+

तनहूँ । समाजसेवी एवं सामाजिक अभियन्ता अन्जु जी क्षेत्रीले तनहूँ जिल्ला व्यास नगरपालिका वडा नंं १० का ३ जना मृर्गोला पिडितलाई जनही २० हजारका दरले । क्षेत्रीले व्यास १० सेवरका दुवै मृर्गौला पिडित गोविन्द बि.क., व्यास १० कै हृदयकुमारी कुमाल र व्यास १० कुमालटारीकै अर्का एकजना मृर्गौला पिडितलाई आर्थिक सहयोग उपलब्ध गराउनुभएको हो । मृर्गौला पिडितहरुलाई आर्थिक सहयोग उपलब्ध गराउदै क्षेत्रीले ”समाजमा रहेर समाजमा नै रहेका मानिसहरुलाई सहयोगको आवश्यकता पर्दा आफुले सधै सहयोग गर्ने गरेको र आफुलाई पनि समाजसेवा गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट प्रोत्साहन मिलेको” बताउनुभएको थियो । उक्त आर्थिक रकम हस्तान्तरण कार्यक्रममा व्यास नगरपालिका वडा नंं. १० का अध्यक्ष तुलसीराम सापकोटाको पनि उपस्थिति रहेको थियो ।
घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएका ति मृर्गोला पिडितहरु विभिन्न अस्पतालहरुमा उपचार गराईरहनुभएको छ ।

त्यसैगरि व्यास १० कै दुम्सिकोट कालिडाडाँमा रहेको कालिडाँडा सामुदायिक होमस्टेले सामाजिक अभियन्ता अन्जु जि क्षेत्रीलाई सम्मान गरेको छ । उक्त होमस्टेका अध्यक्ष अर्जुन गुरुगंले क्षेत्रीलाई सम्मान गर्दै ”यसक्षेत्रकी चेलि क्षेत्रीले सामाजिक कामलाई अगाडि बढाएकोमा प्रशन्न भएर सम्मान गरिएको” उक्त अवसरमा बताउनुभएको थियो । कार्यक्रममा क्षेत्रीले होमस्टेका अर्गानिक खानेकुराहरुको प्रशंसा गर्दै ”आफुले यस होमस्टेलाई पनि सहयोग रहने र यसको प्रचार प्रसारको लागि कुनै कसर नराख्ने’‘ भनाई व्यक्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?