तनहूँका सन्देशको NRNA अष्ट्रेलियामा उमेदवारी

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं. ३ का बासिन्दा सन्देश राजभण्डारीले ”नेपाली को लागी नेपाली ” को संस्था एन आर एन ए (NRNA) मा उमेदवारी दिनुभएको छ । यहि जुलाइ ३१ मा हुन गइरहेको एनआरएनए अस्ट्रेलिया २०२१ -२३ को निर्वाचनमा राजभण्डारीले National Youth Member पदमा उमेदवारी दिनुभएको हो । उहाँले ”समाज सेवाको तिब्र ईच्छा भएको कारण आफुले उमेदवारी दिन लागेको र विजयी भए पश्चात उक्त कार्यलाई काम अझ तिब्र रुपमा प्रभाबकारी ढंगले काम गर्न सक्छु भन्ने विश्वास भएको” बताउनुभएको छ । राजभण्डारीले ”आदरणीय अष्ट्रेलियाबासी बुवा आमा दाजु भाई दिदी बहिनीहरुलाई आफुलाई सर्पोट गर्न आग्रह गर्नुका साथै उहाँले एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा अत्यधिक भोट दिएर संस्थाको गरिमा र समुदायको हितको निम्ती आफुलाई विजयी बनाउन पनि सबैलाई हार्दिक अनुरोध गर्दछु” पनि भन्नुभएको छ ।
अध्ययनको सिलसिलामा अष्ट्रेलिया जानुभएका राजभण्डारी विगत लामो समयदेखि अष्ट्रेलियामा बसोवास गरिरहनुभएको छ ।

# VoteforSandeshRajbhandari

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?