क्यान्सर पिडित सम्झनालाई आर्थिक सहयोगः आर्थिक सहयोग गरिदिनुहुन परिवारको अनुरोध

  • ख-
  • ख+

तनहूँ । । पाठेघरको क्यान्सर पिडित सम्झनालाई उपचारको लागी विभिन्न संघ संस्थावाट सहयोग जुटाउन शुरु भएको छ । म्याग्दे गाँउपालिका वडा नं ५, हाल व्यास ५, पतेनीटारमा वस्ने वर्ष ३८ को सम्झनालाई पाठेघरको क्यान्सर देखिएपछि उपचारका लागी सहयोग जुटाउन थालिएको हो ।
पाठेघरको क्यान्सर देखिएपछि विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको सम्झनाको आर्थिक अवस्था निकै कमजोर भएको र उपचारमा धेरै खर्च लाग्ने भएको हुदाँ सवैलाई परिवारको जीवनरक्षाका लागी सहयोग गरिदिनुहुन निज सम्झनाको श्रीमान चन्द्र कुमार श्रेष्ठले अनुरोध गर्नुभएको छ ।

(पाठेघरको क्यान्सर पिडित सम्झना श्रेष्ठ)


सम्झनाका उपचारका लागी विभिन्न संघसंस्थावाट सहयोग जुट्न शुरु भएको । जसमा मलेशिलामा रहनुहुने महेन्द्र श्रेष्ठ, गणेश कुमार श्रेष्ठ र तुल वहादुर गरंन्जाको नेतृत्वमा ४० हजार आर्थिक सहयोग जुटेको छ भने श्री दभुङ्ग चण्डीदेवी गुठी संस्थावाट ३३ हजार ९० रुपैया, मानुङ्ग गुठीवाट २० हजार ६ सय पचपन्न, पतेनीटार नेवा समाजवाट ६ हजार ५ सय र पतेनीटार टोल विकास संस्थावाट ४१ हजार पन्ध्र रुपैया आर्थिक सहयोग पिडित सम्झनालाई हस्तान्तरण गरिएको छ ।
यसैगरि सम्झनाको उपचारका लागी मिलनगुठीवाट ३२ हजार, पाङलादी आमा समुह व्यास ५ वाट ५ हजार र उदय माध्यामिक विद्यालयवाट १० हजार ७ सय पन्ध्र रुपैया आर्थिक सहयोग यसअघि नै जुटिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्