कतारबाट तनहूँगेंले गरे मृर्गौैला रोगीलाई सहयोग

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्ला भानु नगरपालिका सतिस्वाँरा मिर्लुङ्गमा जन्मथलो भई रोजगारीको सिलसिलामामा कतारमा रहनु भएका नेपालीहरुले मृर्गौला रोगीलाई आर्थिक सहयोग गर्नुभएको छ । कतारमा रहेको ”सतिस्वाँरा मिर्लुङ्ग सेवा समाज’‘मा आवद्ध सम्पुर्ण दाजु भाईहरुको सामुहिक प्रयासबाट भानु नगरपालिका वडा नं. १२ कवाजित निवासी रामकुमार मजकोटीलाई मृर्गौलाको उपचारको लागि आर्थिक सहयोगमा गर्नुभएको हो । ”निजको आर्थिक अवस्था एकदमै कम रहेको, उपचारमा कठिनाई भएकोले मृर्गौला पीडित मजकोटीको जीवन रक्षाका निम्ति विदेशमा रहेका नेपालीहरुले मानविय हिसावले सहयोग गरेको” मिर्लुगं आहालेका बासिन्दा हाल कतारमा रोजगारी गरिरहनु भएका संस्थाका प्रवक्ता राम कृष्ण पराजुली थापाको भनाई रहेको छ ।
कतारमा जम्मा गरिएको ५० हजार ५ सय रुपैया संस्थाका सह संरक्षक भवानी गुरुङ एवं सल्लाहकार आकाश कुँवर क्षेत्रीले निज मजकोटीलाई हस्तान्तरण गर्नु भएको छ ।
” संस्थाले मजकोटीको जीवनको रक्षा गर्न सक्दो सहयोग गर्ने ” पनि उक्त अवसरमा उहाँहरुले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?