शान्तिदिप युवा क्लवद्धारा मृर्गौला पिडितलाई सहयोग

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नंं ६ शिशाघाटमा रहेको शान्तिदिप युवा क्लवले मृर्गौला पिडितलाई आर्थिक सहयोग गरेको छ । उक्त क्लबले व्यास नगरपालिका वडा नं. १२ छिर्कने का मिर्गौला पीडित २८ वर्षीय अनुप क्षेत्रीको उपचारको लागि १ लाख रुपैया सहयोग गरेको हो । क्लवले क्षेत्रीलाई क्लबको तर्फबाट उपलब्ध गराईएको ९१ हजार र तनहूँका युवा व्यवसायी एवं जे.के. बाईक स्पेयर पार्टस् एण्ड पार्टस् व्यास २ बागबजारका संचालक कृष्णकुमार श्रेष्ठको तर्फबाट ५ हजार र आले फर्निचरका संचालक केशर आलेबाट ४ हजार गरी १ लाख मंगलवार हस्तान्तरण गरियो । उक्त रकम म जिल्ला खेलकुद विकास समिति तनहूँका अध्यक्ष अनिल पाण्डे, व्यास नगरपालिका वडा नं. १२ का अध्यक्ष तोत्रबहादुर कुंवर र क्लवका अध्यक्ष सूर्यप्रसाद छिमालले संयुक्त रुपमा पीडितका बुबा पदम क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा स्थानियवासी तथा पिडित परिवारले शान्तिदिप युवा क्लवले दुवै मृर्गौला पिडित अनुप क्षेत्रीलाई सहयोग गरेर सारै नै पुण्यको काम गरेको बताउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि
जिल्ला खेलकुद विकास समिति तनहूँका अध्यक्ष अनिल पाण्डेले शिशाघाटबाट आएको क्लबले मृर्गौला पिडितलाई सहयोग गर्नु र दमौलीका व्यवसायी साथीहरुले सहयोग गर्नु साधारण काम नभएको यसले गर्दा युवाहरुमा पनि अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास हुने बताउनुभएको थियो ।
यसभन्दा अगाडि पनि सामाजिक कार्यहरु गर्दै आईरहेको शान्तिदिप युवा क्लबले विपन्न परिवारलाई राहत दिने , कोरोना महामारीको समयमा २ लाख जतिको राहत वितरण गरेको क्लबका अध्यक्ष सूर्यप्रसाद छिमालले बताउनुभएको थियो ।
दुवै मृर्गौला पिडितलाई उहाँकै आमाले मृर्गौला दिनेभएकोले मृर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने रकम जुटाउन परिवार लागिरहेको र यस्को लागि विभिन्न व्यक्ति तथा संघसस्थाहरुबाट सहयोग आईरहेको उक्त अवसरमा बताईएको थियो । क्षेत्रीको मृर्गौला प्रत्यारोपणको लागि १५ खाल रुपैया खर्च लाग्ने कार्यक्रममा बताईएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?