ऋषिगंका गाउँ गाउँमा स्वास्थ्य आमा समुह गठन

  • ख-
  • ख+

तनहूँ । ऋषिगं गाउँपालिका अन्र्तगत रहेको ऋषिगं रानीपोखरी हेल्थ पोष्टद्धारा सर्वसाधारणलाई जनचेतना जगाउन र स्वस्थ्य सम्बन्धि जानकारी लिन दिन गाउँ गाउँमा स्वास्थ्य आमा समुह गठन गरेको छ । यसै क्रममा उक्त हेल्थ पोष्टकी अनमी अनजु के.सी र अहेब सुरज श्रेष्ठको नेतृत्वमा रहेको टोलीले ऋषिगं गाउँपालिका वडा नं. ८ पल्याट्यागंमा स्वास्थ्य आमा गठन गरेको छ ।

उक्त आमा समुहले स्वास्थ्य संस्थासग समन्वय गरि स्वास्थ्य , पोषण, खोप , गर्भावस्था सम्बन्धि जनचेतना फैलाउने, स्वास्थ्य सम्बन्धि जानकारी दिन र बिशेषत महिला समुहबाट गाउँका महिलाहरुमा भएका समस्याहरु थाहा पाएर त्यहि अनुसार औषधी उपचारमा खट्न सजिलो हुने उक्त हेल्थ पोष्टका अहेव सुरज श्रेष्ठले बताउनुभएको छ ।


रिश्मा नेपालीको अध्यक्षतामा गठन गरिएको ९ सदस्यिय समितिका सदस्यहरु हेल्थ पोष्टबाट गठन गरिएको समितिले दुर्गम भेगका महिलालाई निकै राहत पुग्ने र गाउँका महिलाको समस्या हेल्थ पोष्टमा जानकारी पुर्याउदा त्यहि अनुरुपमा स्वास्थ्य उपचार गर्न सहज पुग्ने विश्वाश व्यक्त गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्