सत्यवतीमा अध्यक्ष चयनमा रडाकोः को बन्ला अध्यक्ष काफ्ले, वाग्ले, लम्साल वा अधिकारी ?

  • ख-
  • ख+

तनहूँ । १८ सय अभिभावक भएको दमौलीको सत्यवति माध्यमिक विद्यालय व्यवस्थापन समिति चयनमा तिब्र प्रतिष्पर्धा भएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा सर्वसम्मत रुपमा कृष्णकुमार श्रेष्ठ, रिता रेग्मी र गौरीशंकर थापा चयन भएपनि अध्यक्ष पदमा सहमति हुन सकेको छैन । अध्यक्ष पदका लागि करुण काफ्ले, , सुरेश वाग्ले, सूर्य लम्साल र माधव अधिकारी
बिच प्रतिष्पर्धा हुन लागेको छ ।
नेपालकै उत्कृष्ट मध्येको एक विद्यालयमा आ आफ्नो भिजन अनुसार उत्कृष्ट काम गर्नको लागि आफुहरु तयार रहेको अध्यक्ष पदका प्रत्यासीहरुको भनाई रहेको छ ।

लामो समयसम्म उक्त विद्यालयमा शिक्षकको रुपमा कार्यरत रहिसक्नुभएका करुण काफ्ले आफुले विद्यालयमा शिक्षकको रुपमा काम गर्दा विद्यालयको नशा नशा थाहा भएको, यस विद्यालयलाई अझै उत्कृष्ट बनाउनको लागि के गर्नुपर्छ भन्ने जानकारी रहेकोले उमेरले अरु सिनियर भएपनि आफ्नो विकल्प नभएको बताउनुहुन्छ साथै उहाँ मलाई शिक्षक हुदाँका अनुभव र यस विद्यालयको बारेमा थाहा भएको कुरा प्रयोग गर्नको लागि पनि मौका दिन अभिभावकहरुसग अपिल गर्नुभएको छ । त्यसैगरि समाजसेवामा रुचि राख्ने सुरेश वाग्ले पनि विभिन्न संस्थाहरुमा सफलतापूर्वक कामहरु गरेको हुनाले आफु नेर्तत्वमा पुगे विद्यालयलाई अझ उत्कृष्ट बनाउन पहल गर्ने बताउनुभएको छ । विद्यालयको उन्नति प्रगतिमा असाध्यै रुचि लिने माधब अधिकारी र सूर्य लम्साल पनि आफ्नो एकमात्र उद्धेश्य विद्यालयलाई अझै उत्कृष्ट बनाउने बताउनुहुन्छ ।

कोरोनाको महामारीको बेला अध्यक्षको पदमा नै सर्वसम्मत हुन नसकेपछि वडा कार्यालयलाई चुनाव गराउनुपर्ने बाध्यता रहेको छ तर यस्तो अवस्थामा चुनाव हुन नसक्ने भएपछि वडा अध्यक्षको नेतृत्वमा विद्यालयको व्यवस्थापन संचालन हुने भएको छ । आंकाक्षीहरुबिच सहमति गर्ने प्रयास जारी राखिएको जनप्रतिनिधिहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?