तनहूँ कांग्रेसले भुल्न नहुने पात्र स्वर्गिय मेघनाथ कैनी सुपुत्र डाक्टर बच्चुकैलाश कैनी

  • ख-
  • ख+

तनहूँ । कसैले मानेपनि नमानेपनि नेपाली कांग्रेस परिवारवादमा अडेको र चलेको पार्टी हो । सिद्धान्तको कुरा केहि नजानेपनि मेरा बाउ, बाजे कांग्रेस म पनि कांग्रेस भन्नेको जमात नेपाली कांग्रेसमा आज पनि बाक्लै रहेकोछ । एकाध बाहेक यस पार्टीका नेताहरुको विरासत नै परिवारवाद नै रहेको कुरालाई कसैले नकार्न सक्दैन । परिवारको नामलाई भजाएर राजनिति गर्नेहरुको प्रजातन्त्र र लोकतन्त्रको स्थापनामा कुनै योगदान नै छैन भन्न खोजिएको भने कदापि होईन । नेपालमा राजनितिकरुपमा राम्रै योगदान हुदा हुदै पनि पार्टीले भुलेका थुप्रै पात्रहरु रहेका छन् । तिनै मध्ये एक हुनुहुन्छ तनहूँ जिल्ला व्यास नगरपालिका वडा नं १२ का कमलवारीका डाक्टर बच्चुकैलाश कैनी । डाक्टर कैनीको कुरा गर्दा उहाँका बुबा प्रजातन्त्रका सेनानी स्वर्गिय मेघनाथ कैनीलाई भुल्नुहुदैन । कांग्रेसलाई आज जान्ने होईन हिजोबाट जान्ने बुझ्नेहरु स्वर्गिय मेघनाथ कैनी भिजन भएको, कार्यकर्ता समेट्न सक्ने एउटा नेता हुनुहुन्थ्यो । त्यसकै फलस्वरुप उहाँले थुप्रै हण्डहरहरु खानुभयो , उहाँको परिवारले पनि पंचायतकालमा सास्ति नपाउने कुरा नै भएन । कांग्रेस नेताको छोरो भएको कारण बच्चुकैलाश कैनीले पनि हुदाँखादाको सरकारी जागिरबाट पनि हात धुनुपरेको छ ।
जागिर अनि परिवारको भविष्य सोचेर नेपालमै जागिर खादा होस् वा विदेशमा विभिन्न संस्थाहरुमा ठुला ठुला पोष्टहरुमा काम गर्दा बच्चुकैलाशको रगतमा भएको राजनितिकपनामा कत्ति कमि आएको छैन । लोकतन्त्र र प्रजातन्त्रको पर्यायी मानिएको देश बेलायतमा पनि उहाँले राम्रै राजनितिकर्मीको परिचय दिन सफल हुनुभएको थियो ।
नेपाली राजनितिक दलका नेताहरु राजनितिमा राम्रो मान्छे आउनुपर्छ भन्दै गरिरहदा स्वदेश तथा विदेशमा समेत राजनितिको अनुभव बटुलेको, योग्य प्रशासकको रुपमा स्वदेश तथा विदेशमा वाहवाहि कमाउनुभएका डाक्टर बच्चुकैलाशतिर कसैको नजर गएको छैन । उहाँ बेलायतबाट स्वदेशमा नै केहि गर्ने सोचका साथ फर्किएर नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि ललितपुरको व्यवस्थापन सम्हालिरहनुभएको छ कमसेकम नेपाली कांग्रेसको महाधिवेशन आउदै गर्दा कसैले उहाँलाई ‘‘तपाई राजनिति गर्नुपर्छ , तपाई त राजनितिदेखि, प्रसाशनसम्ममा पोख्त मान्छे आउनुस् राजनिति गर्नुस् ” भनेर घच्घच्याउनुपर्नेमा कोहि बोलिरहेको छैन । ”कहाँ बच्चुकैलाशजीलाई ल्याउने माधबजी हामीजस्तो राजनिति गर्ने मान्छेको भिडमा उहाँ सुहाउने मान्छे हो र ? उहाँ त बेलायतमा बस्दा राम्रो व्यवस्थापक र राम्रो राजनितिकर्मी गनिनुहुन्थ्यो अहिले नेपालका योग्य प्रशासकहरुमध्ये एक हुनुहुन्छ , उहाँले त जहाँ बसेर नि कमाउनुहुन्छ नि उहाँ आएपछि हाम्रो त जागिर चट् हुन्छ किन राजनितिमा ल्याउने उहाँलाई ?” हसिमजाक नै सहि नाम नलेख्ने सर्तमा एकजना नेपाली कांग्रेसका नेता बताउनुहुन्छ । त्यसैगरि अर्का कांग्रेस जुझारु कार्यकर्तालाई ”डाक्टर बच्चु कैलाश कैनी जस्तो मान्छे तपाईहरुको पार्टीमा सक्रिय भएको खण्डमा पार्टीको ओज बढ् नि ”भन्दा ”पार्टीको ओज त बढ्ला हाम्रो ओज घट्छ अनि हाम्रा धेरै नेताहरु एक्सपायर हुनुहुन्छ नि त्यस्को बारेमा केहि सोच्नुभएको छ तपाईले ? ” भन्ने जवाफ मुसुक्क हाँसेर उहाँले दिनुहुन्छ ।

नेपाली कांग्रेसको वडादेखि केन्द्रको अधिवेशन नजिकिदै गर्दा तनहूँ कांग्रेसलाई थुप्रै डाक्टर बच्चुकैलाश कैनी जस्ता पोख्त मान्छेलाई सम्झेको छैन, कोहि कोहि मान्छे आफु योग्य र पोख्त हुँदा हुदै पनि माग्न आउदैनन् दिनुपर्छ भन्ने बिर्सेको छ नेपाली कांग्रेसले ।

डाक्टर बच्चुकैलाश कैनी जो एउटा शिक्षक हुदै वेलायतमा पुगेर काउन्सिलर बन्न पुग्नुभयो र आफ्नो अनुभवले, आफ्नो योग्यताले भ्याएसम्म आफ्नै देशमा गर्नुपर्छ भनेर स्वदेश फर्कनुभयो यस्ता मान्छेलाई आज दिनसके पो भोलि कांग्रेसले डाक्टर बच्चुकैलाश कैनीबाट गाउँ, टोल , नगर, जिल्ला, प्रदेश र देश बनाउने भिजन लिन सक्छ । आजको लागि भन्दा पनि भोलिका कांग्रेसका लागि थुप्रै डाक्टर बच्चुकैलाश कैनीहरुलाई कांग्रेसमा सक्रिय बनाउनुपर्छ तब पो बन्छ कांग्रेस अनि कांग्रेस बने पो देश बन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?