तनहूँ । कोरोना भाइरसको संक्रमण भई पोखरामा उपचार गराईरहनु भएकी तनहूँ, दमौलीकी १ जना महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मा उपचार गराईरहनुभएकी व्यास नगरपालिका वडा नं. ३ की ४८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरि होमआइसोलेशनमा रहेका २ जना र अस्पतालमा उपचारको क्रममा तनहूकी १ जना सहित ५ जनाको मृत्यु भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप ३ जनाको मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १९ का ८१ वर्षीय पुरुषको शुक्रबार तथा पर्वतको कुश्मा ३ का ७५ वर्षीय पुरुष र माथि उल्लेखित तनहूँकी महिलाको प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार मृत्यु भएको छ ।
पोखरा २६ का ४४ वर्षीय पुरुष र पोखरा १२ की ८४ वर्षीया महिलाको होमआइसोलेशनमा बिहीबार मृत्यु भएको हो ।









