तनहूँ । दमौलीको भोर्लेटारचोको विजुलीको पोलमा आगलागि भएको छ । केवल, नेट तथा विजुलीका तारहरु अव्यवस्थित रुपमा राखिएकोले आगलागि भएको सरोकारवालाहरुको भनाई छ । केवल र नेटका तारहरुलाई व्यवस्थित गर्नुस् भन्दा कोहि मान्दैनन् , कुनै दिन ठुलै आगलागि हुन्छ अनि केवलवाला, नेटवाला र विजुली अफिसका तात्ने हुन् कि ? उक्त स्थान नजिकै घर भएका स्थानियको भनाई छ , स्मरणिय छ केहि दिन अगाडि दमौली बजारकै व्यस्त ठाउँमा विजुलीको पोलमा तारहरुको कारण आगलागि भएको थियो ।








