तनहूँ । व्यास नगरपालिकाको हालसालै संचालनमा आएको व्यास नगर कोभिड १९ पि. सि. आर. प्रयोगशालामा अब नियमित रुपमा पि.सिआर. परिक्षणका लागि नमुना संकलन (Sample Collection) गरिने भएको छ । आईतवारदेखि शुक्रवार सम्म बिहान १०ः ३० देखि १२ बजेसम्म पि.सि.आर. परिक्षणका लागि नमुना संकलन गरिने व्यास नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रमोद सोतीद्धारा जारी विज्ञप्तिमा जनाईएको छ । व्यास नगरपालिका वडा नं. १० दुम्सिमा उक्त व्यास नगर कोभिड १९ पि. सि. आर. प्रयोगशाला रहेको छ ।









