तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहूँका डिएसपि युवराज तिमिल्सिनाको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी समेत रहनुभएका तिमिल्सिनाको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालय काठमाण्डौमा सरुवा भएको हो ।
तनहूँमा रहदा तिमिल्सिनाले जिल्ला प्रहरी कार्यालय तनहूँलाई मिडियामैत्री बनाउनेदेखि सर्वसाधारणमैत्री बनाउने, फरार अपराधीहरु पक्राउ गर्ने, शान्ति सुरक्षा कायम गराउने कार्यमा उल्लेखनिय कार्यहरु गर्नुभएको थियो । तिमिल्सिनासगै नेपाल प्रहरीका ९५ जना डिएसपीहरुको सरुवा भएको छ ।
बालाजु, थानकोट, कालीमाटी, आर्थिक अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा भएको छ ।








