तनहूँकी भगवति न्यौपानेद्धारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

  • ख-
  • ख+

तनहूँ । नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेकपा एमाले १० औ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने हुनुभएको छ । २०५१ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गर्नुभएकी नेता न्यौपाने आसन्न दशौं महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गर्नुभएको हो ।

न्यौपाने २०५६ सालबाट निरन्तर नेकपा एमालेको जिल्ला कमिटीमा विभिन्न पदको जिम्मेवारीमा रहँदै आउनुभएकी न्यौपाने हाल नेकपा एमाले तनहूँको सचिव तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र तनहूँ जिल्ला इन्चार्ज रहनुभएको छ ।

विद्यार्थी जीवनमा अनेरास्ववियुको राष्ट्रिय परिषद सदस्य बन्नुभएकी न्यौपानेले अनेमसंघ तनहूँको २ कार्यकालसम्म अध्यक्षको रुपमा काम गरेको अनुभव पनि रहेको छ ।

राष्ट्रिय सभा सदस्य समेत रहनुभएकी न्यौपानेलेले राष्ट्रिय सभामा सांसदको रुपमा रहेर पनि देश र जनजिविकाको सवालमा आवाज उठाउदै आफ्नो दहे उपस्थिति देखाईसक्नुभएको छ ।

तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ नेकपा एस्मा लागेपछि आफुलाई एनेकपा एमाले तनहूँलाई अगाडि बढाउने जिम्मेवारी थपिएको बताउने न्यौपाने आफु केन्द्रिय सदस्य निर्वाचित भई अझ पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताउनुहुन्छ ।

यहि मङ्सिर १० गते चितवनको नारायणी नदी किनारमा उद्घाटन हुने एमालेको आसन्न महाविधेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चल्नेछ । महाधिवेशनमा एमालेले पाँच लाख जनता सहभागी गराउने बताउँदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?