नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा रघुनाथ पौडेलको दावी

  • ख-
  • ख+

तनहूँ । नेपाली काँग्रेस गण्डकी प्रदेशको सभापति पदमा नेपाली काँग्रेसका तनहूँ पुर्व सभापति रघुनाथ पौडेलले दावी पेश गर्नुभएको छ ।
मंसिर १६ र १७ गते पोखरामा हुने अधिवेशनमा आफु गण्डकी प्रदेशको सभापतिको उमेदवार हुने उहाँले आज पत्रकार सम्मलेन गरि जानकारी दिनुभएको हो ।
उक्त अवसरमा उहाँले वि,स,२०२८ सालमा गण्डकी छात्र समितिको सदस्य , २०३० सालमा शिक्षण पेशामा मार्फत कांग्रेसको राजनिति गरेको २०२९ सालमा काँग्रेस नेता कृण्ण प्रसाद भट्टराई सगै १ महिना जेल परेको बताउनुभएको थियो साथै उहाँले २०३२ साल देखि २०४३ सालसम्म नेपाली काँग्रेस तनहूँको सदस्य भै निरन्तर विभिन्न पदमा रहेर पार्टीको सेवा गरेको बताउनुभएको थियो ।
पौडेल नेपाली कांग्रेसको जिल्ला सदस्य ,सचिव र उपसभापति हुदै ३ कार्यकाल नेपाली कांग्रेस तनहूँको सभापति पनि हुनुभएको थियो । जिल्लामा पार्टीकार्यालय निर्माण गर्न, जिल्लाका ४७ वटै स्थानीय तहमा कार्यसमिति गठन गर्नका अलावा लायन्स क्लव, एम्नेष्टी इन्टरनेशनल ,आदिकवि भानुभक्त क्याम्पस स्थापना लगायतका काममा अनवरत खट्नुभएका पौडेल गण्डकी प्रदेशका सिनियर नेताहरुमा पर्र्नुुहुन्छ । उहाँसगै राजनिति गर्नुभएका व्यक्तिहरु अनेकन सरकारी नियुक्ति तथा सरकारी लाभका पदहरुमा पुगेपनि पौडेलले पार्टीको सेवामा खटेर कहिल्यै त्यतातर्फ चाहना राख्नुभएको छैन । उहाँको यहि त्याग र सर्मपणले नेपाली कांग्रेस उहाँलाई गण्डकी प्रदेशको सभापति बनाउने नेपाली कांग्रेस तनहूँका एक नेताको भनाई रहेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेत ारामचन्द्र पौडेलको साथ र सद्भाव रहेको, ११ जिल्लाबाट आफुलाई राम्रोसग चिनेको हुनाले अत्याधिक मतप्राप्त गरि विजयी हुनेमा उहाँ पूर्णरुपमा ढुक्क हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?