काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ” विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उहाँकै निवास बालकोट जाने ”प्रस्ताव प्रधानमन्त्रीसमक्ष राख्नुभएको छ ।
”लगातार संसद अवरुद्ध गर्ने र सर्वदलीय बैठकमा समेत नआएको” भन्दै प्रचण्डले भन्नुभयो ‘मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भनेको छु ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा समेत नेकपा एमालेका अध्यक्ष ओली अनुपस्थित रहँदै आउनुभएको छ ।
ओलीलाई भेटेर ”सदन पनि रोकिदिनुभएन भन्ने र अरु विषय पनि छलफल गर्ने” प्रचण्डको प्रस्ताव छ । राजधानीमा शनिबार सम्पादकहरुसँग भएको छलफलमा प्रचण्डका अनुसार प्रधानमन्त्री देउवाले ‘‘महाधिवेशन पछि जाउँला” भन्नुभएको थियो ।
प्रचण्डले अगाडि भन्नुभयो, ”उहाँहरुको महाधिवेशन सकिएको छ । हाम्रो पनि सकिन्छ र जरुरी पर्यो भने बरु उहाँ आउन नमान्ने हो भने हामी नै जाने ।’’ भन्नुभएको छ उता पुवृ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले विराटनगर विमानस्थलमा पत्रकारहरुसग कुरा गर्दै ”आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेको संसदलाई जानकारी नगराउँदासम्म संसद अवरोध कायम रहने” बताउनुभएको छ ।








