तनहूँ । तनहूँ जिल्लामा हिजोको तुलनामा आज कोरोनाका बिरामी थपिएका छन् । आज तनहूँमा १६ जना कोरोनाका बिरामी थपिएका छन् । त्यसैगरि तनहूँ सहित गण्डकी प्रदेशका ८ जिल्लामा आज १ सय ८६ जना कोरोना संक्रमत थपिएका हुन् । मूतागं २ जना, म्याग्दी ५ जना, बाग्लुगं २ जना कास्की ९५ जना, स्यागंजा १० जना, लम्जुगं १ जना र तनहूँ १६ जना रहेका छन् ।
३४ जना एन्टिजेन र १ सय ५६ जना पिसिआर परिक्षणका क्रममा कोरोना संक्रमित पत्ता लागेको गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।








