तनहूँ । तनहूँ जिल्लामा स्वास्थ्यकर्मी र कर्मचारी बिच कोरोना कोभिड १८ भुसको आगो झै फैलिरहेको छ । तनहूँका विभिन्न स्वस्थ्यसंस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी र विभिन्न पालिकाहरुमा कार्यरत कर्मचारीहरु पनि कोरोनाा संंक्रमित बन्नुभएको छ । आँबुखैरेनी गाँउपालिकामा १४ जना कर्मचारीहरु कोरोना संक्रमित भएपछि गाँउपालिका कार्यालय बुधवारदेखि ९ गतेसम्म पूर्णरुपमा बन्द रहेको छ । त्यसैग्रि शुक्लागडण्की नगरपालिकामा १४ जना कर्मचारी कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेका सेवाहरु बन्द गरिएका छन् । शुक्ला गण्डकी नगरपालिका कार्यालयका कर्मचारीमा मात्र होईन शुक्लागण्डकी कै दुलैगौडा बजारको खैरनीटार हेल्थपोष्टमा कार्यरत कर्मचारीहरु पनि कोरोना संक्रमित हुनुभएको छ । भिमाद नगरपालिका वडा नंं ६ को स्वास्थ्य चौकीका १९ मध्ये १७ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि कोरोना परिक्षण र सुत्केरी सेवा वाहेकका अन्य सेवा कहिले हुन्छ संक्रमित कर्मचारीहरुको आउने रिर्पोटले निर्धारण गर्नेछ । दैनिक रुपमा बढिरहेको कोरोना संक्रमितको ग्राफले सर्वसाधारणले पाउने सेवामा बाधा पुगेको छ भने अपनाएर सेवा प्रवाह गर्नुपर्ने कर्मचारी तथा स्वास्थ्यकर्मी र सेवागाह्रीले पनि पालिका तथा स्वास्थ्य संस्थाहरुमा जादा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने जरुरी देखिएको छ ।








