तनहूँ कांग्रेसका नेताहरुले गरे विपी कोईरालाको अपमान !

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लाको व्यास नगरपालिका वडा नं. ३ मा रहेको यो मैदान विपी वाटिकाको नामले प्रख्यात रहेको छ । पछिल्लो समय जिल्ला समन्वय समिति तनहूँ नेपाली कांग्रेसकै जनप्रतिनिधिहरु, व्यास नगरपालिका नेपाली कांग्रेसकै जनप्रतिनिधिहरु र वडामा पनि नेपाली कांग्रेसकै जनप्रतिनिधिहरु हुदाँ पनि विपी वाटिका संरक्षण गर्नुको साटो खेल मैदान बनाईएको छ ।

पछिल्लो समय मेला महोत्सव गर्न, हेलिकप्टर ल्याण्ड गर्न र गाडि पार्किगं गर्न उक्त मैदानको प्रयोग हुदै आईरहेको छ । विभिन्न् भौतिक संरचनाहरु बनाउदै भत्काउदै गरिने उक्त विपी वाटिकामा यतिबेला खेलमैदानको लागि भौतिक संरचना भत्काउने र निर्माण गर्ने काम भईरहेको देख्न पाईन्छ । कुनै समय विपी कोईरालाको नाममा वृक्षारोपण गरेर हराभरा हुन लागेको वाटिकालाई खेल मैदान बनाईएपछि विपी वाटिका अब रुख विरुवा विनाको नाम मात्रको विपी बाटिका हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?