१ स्याङ्गजाली र म्याग्दिका २ व्यक्ति लागु औषध सहित तनहूँमा पक्राउ

  • ख-
  • ख+

तनहूँ । तनहूँको आबुँखैरेनी गाँउपालिका-४ बेनिटार र शुक्लागण्डकीबाट लागुपदार्थ सहित ३ जना पक्राउ गरिएको छ । आँबुमा पृथ्वीराजमार्ग सडक खण्डमा म्याग्दी जिल्ला अन्नपुर्ण गाँउपालिका-९ बस्ने बर्ष १९ को रन्जन अलि र म्याग्दीकै बेनि नगरपालिका-५ बस्ने बर्ष २२ को शिशिर बोहोरा (सार्की) को साथमा लागु औषध नुफिन-२५ एम्पुल, डाईजापाम-२५ एम्पुल, फेनरागन-२५ एम्पुल पक्राउ गरिएको हो । शंका लागी अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजहरुले बोकी ल्याएको झोलाबाट उक्त लागु औषध फेला परेको थियो । त्यसैगरि शुक्लागण्डकी नगरपालिका- ५ स्थित पृथ्वि राजमार्ग सडक खण्डमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट ट्राफिक सहितको चेकिङमा सवारी चेकजाँच गर्ने क्रममा पाल्पा रामपुरबाट पोखरा तर्फ जादै गरेको ग१ख ७७२१ नं. को बसमा स्याङ्जा जिल्ला हरिनाश गाँउपालिका ४ बस्ने वर्ष १८ को प्रदिप मानन्धरको साथबाट ९७० (नौ सय सत्तरी) ग्राम लागु औषध (गाँजा) भेटिएको थियो ।
लागु औषध सहित पक्राउ परेका अलि र सार्कीलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट लागु औषध मुद्दामा दिन १० को म्याद थप लिई थप अनुसन्धान भईरहेको र गाँजा सहित पक्राउ गरिएका मानन्धरसग थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकृत एवं प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?