तनहूँको दमौलीमा Cobweb Band को कन्सर्ट हुदै

  • ख-
  • ख+

तनहूँ । होटल व्यवसायी संघ तनहूँको आयोजनामा तनहूँको दमौलीमा प्रसिद्ध रक व्याड कववेभ (Cobweb Band ) को कन्सर्टको आयोजना हुदैछ । नयाँ बर्षको अवसरमा तनहूँको दमौलीमा कन्सर्टको आयोजना हुन लागेको हो । होटल व्यवसायी संघ आईतवार बसेको बैठकले कोरोना महामारीका कारण स्थगित भएको कन्सर्टलाई आँउदो नयाँ बर्षमा गरिने निर्णय गरेको हो । व्यवसाय प्रवद्र्धन गर्न र तनहूँवासीलाई मनोरन्जन प्रदान गराउनका लागि यसभन्दा अगाडिका नयाँ बर्षहरुमा आयोजना गर्न लागिएका कन्सर्टहरु कोरोना महामारीका कारण रोकिएकोले पुनः उक्त कार्यक्रमको आयोजना गर्न लागिएको होटल व्यवसायी संघ तनहूँका अध्यक्ष दुर्गाबिलास भट्टराईले जानकारी दिनुभएको छ साथै कोरोनाको कारण थला परेको होटल व्यवसाय र पर्यटन उद्योगलाई उक्त कार्यक्रमलाई टेवा पुर्याउने पनि भट्टराईले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?