ऋषिगंका सुरज श्रेष्ठद्धारा छोरोको जन्मदिनमा मुटुरोगीलाई १० हजार सहयोग

  • ख-
  • ख+

तनहूँ । ऋषिङ्ग गाउँपालिकाका नेपाली कांग्रेसका सचिव सुरज श्रेष्ठले आफ्नो छोराको जन्मदिनको अवसरमा मृर्गौला रोगीलाई १० हजार सहयोग गर्नुभएको छ । श्रेष्ठले आफ्ना कान्छो छोरा बिकल्प श्रेष्ठको जन्मदिनको अवसर पारेर आर्थिक अभावमा मुटुको अपरेशन गर्न नसक्नुभएकी ऋषिगं गाँउपालिका वडा नं. ७ पोखरीभञ्ज्याङकी चन्द्र माया नेपालीलाई उक्त सहयोग गर्नुभएको हो । जन्मदिन एउटा पर्व भएकोले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न सक्नुभएकी नेपालीलाई परिवारको तर्फबाट सहयोग गरेको श्रेष्ठले बताउनुभएको छ ।
उक्त रकम विकल्प श्रेष्ठले नेपालीको घरमा पुगि हस्तान्तरण गर्नुभएको हो । श्री शिव सरस्वती मा बि मा कक्षा ७ मा अध्ययन गर्ने विकल्प श्रेष्ठ १३ बर्षको हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्